असल पात्र भित्रको खराब चरित्र
असल पात्र भित्रको खराब चरित्र नाताले दिदि बैनि भएता पनि हामी आफुहरुलाई साथि भन्न रुचाउछौ । कहिलेकाहि हुने हामी बिचको झगडा नसम्झिने हो भने हामी निकै मिल्ने साथि हौ । समाजमा भएका कुराहरुको बारेमा आ अफ्नो तर्क गर्नु हाम्रो दैनिकीनै हो भने समसामयिक कुरामा विश्लेषण गर्नु बानि । सधै झै सुरु भएको हाम्रो त्यो दिनको तर्क भने केहि फरक थियो । पछिल्लो समय चलेको मि टु मुभमेन्ट लाइ माध्यम बनाएर कुरा सुरु भएको थियो । केहि बेरमै उसको अनुहार केहि अध्यायरो भएको जस्तो लागेर मैले सोधे ओइ के भयो ? मेरो एउटा तितो यथार्थ पनि यसैसंग रिलेटेड छ । उसले लरबराउदै भनि मलाइ निकै अनौठो लाग्यो यस्तो कुरा पनि म संग सियर गरिनछे तर केहि भनिन भन् न के क ु रा के भाको थियो र ? धेरै पहिले र सम्झना बाट धमिलीन लागेको भने पक्कै हैन तर म आफैले धमिल्याउने विचार गरिमात्र रहेको थिए यहि सोचेरकी नराम्रा सपना, दिन अनि मानिसकोे बारेमा सोचेर आफ्नो राम्रो समय नबीगारौ । तर हैन आवाजमा आवाज थप्ने बेला आएको छ । सायदै कोही छोरी होला जो हाम्रो समाजमा बसेर गर्बका साथ भनोस् म चै “मि टु” भन्नु नपर्ने मान्छे हो है । एकै स्व...