असल पात्र भित्रको खराब चरित्र
असल पात्र भित्रको खराब चरित्र
नाताले दिदि बैनि भएता पनि हामी आफुहरुलाई साथि भन्न रुचाउछौ । कहिलेकाहि हुने हामी बिचको झगडा नसम्झिने हो भने हामी निकै मिल्ने साथि हौ । समाजमा भएका कुराहरुको बारेमा आ अफ्नो तर्क गर्नु हाम्रो दैनिकीनै हो भने समसामयिक कुरामा विश्लेषण गर्नु बानि । सधै झै सुरु भएको हाम्रो त्यो दिनको तर्क भने केहि फरक थियो । पछिल्लो समय चलेको मि टु मुभमेन्ट लाइ माध्यम बनाएर कुरा सुरु भएको थियो । केहि बेरमै उसको अनुहार केहि अध्यायरो भएको जस्तो लागेर मैले सोधे ओइ के भयो ? मेरो एउटा तितो यथार्थ पनि यसैसंग रिलेटेड छ ।उसले लरबराउदै भनि मलाइ निकै अनौठो लाग्यो यस्तो कुरा पनि म संग सियर गरिनछे तर केहि भनिन भन् न के क ु रा के भाको थियो र ? धेरै पहिले र सम्झना बाट धमिलीन लागेको भने पक्कै हैन तर म आफैले धमिल्याउने विचार गरिमात्र रहेको थिए यहि सोचेरकी नराम्रा सपना, दिन अनि मानिसकोे बारेमा सोचेर आफ्नो राम्रो समय नबीगारौ । तर हैन आवाजमा आवाज थप्ने बेला आएको छ । सायदै कोही छोरी होला जो हाम्रो समाजमा बसेर गर्बका साथ भनोस् म चै “मि टु” भन्नु नपर्ने मान्छे हो है । एकै स्वासमा उसले यति धेर कुरा बोली म सुनीरहे
उसले फेरि थप्दै गइ धेरै सुनेको थिए मैले उहाँको बखान अनि देखेको पनि थिए दशैको बेलामा गाउँमा हुने कार्यक्रममा उहालाई गरिएको बरिष्ठ संचारकर्मीको सम्मान पनि, पत्रकारिताको विद्यार्थिको नाताले सम्मान गर्थे म पनि उहालाई त्यतिमात्र कहा हो र ? प्रेरण मानेथे उहालाई । आतुर थिए सुनाउन म पनि पत्रकारिता पढ्छु नि दाई भोली पर्सि हजुर जस्तै हुनु छ मलाई ।
एक पटक दाइ र भाउजु संगै हिडेको देखेको थिए जतिखेर भाउजु गर्ववति हुनुहुन्थ्यो, एउटा श्रिमानले श्रिमतीलाई जस्तो गरेर माया प्रस्तुत गरोस् भन्ने कल्पना गर्थे म तेसै गरि हिडिरहनु भएको थियो उहाह? भाउजु एउटा हातले आइसक्रिम खादै अर्को हातले दाईलाइ समाएर निकै होसियार पुर्वक हिडिरहनु भएको थियो अनि दाइ सपिङ गरेका सामानको पोको बोक्दै सारै रमाइलो मानेर हेरिरहे मैले उहाह? हिडेको , त्यसदिन देखि अझ सम्मान बढेर आयो मलाई दाइ प्रति । उसले यति भनिरहदा म त्यो मन्छेको अड्कल मात्र गरिरहे तर सोधिन को हो त्यो भनेर
साथिहरुलाई तेती चर्चित रेडियोको संचारकर्मी मेरो गाउँको दाई हो नी भनेर धक्कुका साथ सुनाई रहदा तेहि दाई को चरित्र खराब छ भन्ने मैले अलिकति पनि भेउ पाईन । तेहि दाइ जस्तै बन्छु भनेर पत्रकारिताको पे्ररक मानीरहदा त्यो दाजुको खराब नियत ले मलाई पनि हेर्न सक्छ भन्ने मेसो पाईन मैले । तिमी पनि पत्रकारिता पढ्छेउ राम्रो कुरा भन्दै मेरो पिठीउमा धाप राख्नु तिनै दाजुको लागि पहिलो आक्रमण थियो होला जसलाई मैले माया माने । एउटा एफ एफमा काम गर मैले भनेको छु भन्दै दाईको अफिस बाट मैले काम गर्ने भनियको अफिस सम्म जादा मेरो काधमा दाइले हात राखेर सुम्सुम्यउदै जानु उनको लागि दोस्रो सफलता थियो होला जसलाई मैले आफ्नोपन ठाने । धेरै समय पछि एकदिन सामाजिक संजालमा दाइको म्यासेज आयो कता हरायौ आजकाल भेटघाट पनि छैन, छोरि जन्मेको बधाई पछि मैले पनि केहि म्यासेज लेखेको छैन रैछ सायद म ब्यस्त थिए हुला । मैले दर्शन दाई लेख्न नपाउदै फेरि उतैबाट ब्यङ्ग्या सो?पको म्यासेज आयो निकै ब्यस्त भए जस्तो छ ।
केहि समय पछि दाइ कै अफिस तिर आउने कुरा अनुसार म एकदिन साथिसंगको भेटघाट पछि दाजुकै अफीस बाहिर गएर फोन गरे दाइ म हजुरको अफिस बाहिर छु तर आफु अफिसबाट निस्कन लागेको र बाहिरै भेटेर चिया खाने दाइको प्रतिक्रियाले म उहाको पर्खाइमा बाहिरै बसिरहे । केहि समयको पर्खाइ संगै दाजुको आगमनमा खुसी भएकी म बाइकमा बस हामी कतै घुम्न जाउ भन्ने भेट्ने वितिकैको दाइको आवाज वाट चकित भए । साझ पर्न लागीराछ घर जाने समयमा कतै घुम्न जाउ भन्ने प्रस्ताव मलाई निकै अस्वभाविक लाग्यो । मैले कुरा छल्दै दाई पनि जिस्किनु हुन्छ साझ परिसक्यो घर जान ढिला हुन्छ ब? उ त्यो पसलमा चिया खाउन नजिकैको पसललाई औल्याउदै मैले बाइक साइड लगाउन अनुरोध गरे । तर बच्चा जस्तो गरि बाइक मा एकै छिनत हो नि भनी दाइले गरेको जिद्दी मलाइ भने पटक्कै मन परिरहेको थिएन । दाइ अर्को दिन जाउला आज ढिला भैसक्यो भन्ने आस्वासनसंगै चिया पसल सम्म गए ।
दुई वटा चियाको अडर पछि पनि दाइले म सगं घुम्न जान के हुन्थ्यो र भनिरहदा म भने आफैसंग प्रश्न गर्न थालेछु मैले मान्छे चिन्न गलत त गरिन ? यो दाई मैले सोचे जस्तो राम्रो छैनन् कि क्या हो ? दाइले कता टोलायौ भन्दै मेरो घुडामा कोट्याए पछि भने म झसंग भए । चिया पिउन्जेलमा दाईको पटक पटक मेरो घुडाको वरिपरि सल्बलाएको हात बाट म के प्रस्ट भैसकेको थिए कि म राम्रो मान्छे संग बसिरहेको छैन । जतिसक्दो चाडो त्याहा वाट निस्कनुनै मेरा लागी राम्रो थियो । ब्याग बोक्दै दाई मालाइ ढिला भैसक्यो म जान्छु भनेर उठे ।
म हिड्न लागेको मात्र थिए म पनि उतै जाने त हो नि म छोड्दि हाल्छु नि पख भन्दै बाइक स्टाट गर्न हिडेको मान्छेसंग म के वाहानाले छुटिने भन्ने सोच्न नभ्याउदै बाइक अगाडि आइपुग्यो । बस रात परिसक्यो म तेतै हुदै जाने त हो नि, के गरम के गरम निकै अफ्ट्यारो थियो मलाई जे त होस् आज केहि गरेन भने भोली बाट त म यो मान्छेको अनुहार कहिल्य हेर्दिन यस्तै सोच्दै बसे बाइक मा । मेन रोड मोडेर गल्लीको बाटो बाइक हिडेपछि कहिल्यइ महसुस नगरेको मुटुको ढुकढुकि महसुस भईरहेको थियो मलाई । तर पनि मनमा भएको अलिकति सकारात्मक भावले भन्दै थियो छोटो बाटो लान खोजेको होला गाउँकै मान्छे हो नराम्रो त नगर्ला तर पनि सास फेर्न गारो भएको आभास त्यतिखेर महसुस गरीरहेको थिए मैले । केहि समय बाइक हाकेपछि दाइले भने साचि तिम्लाई नि बाइक चलाउन आउछ हैन ? मैले हो भनि सकेकै थिएन बाइक रोक्दै भने ल कस्तो चलाउछौ हेरम त । कुन दसा लागेर हो भनेछु मालाई आफै संग रिस उठेर आयो अलिकति पनि सोचेको थिईन मलाई बाइक चलाउ भनेर आफु पछाडि बस्लान ।
उनले के सोचेर मलाइ बाइक हाक्न लागाए भन्ने केहि समय पछि मात्र थाहा पाए जतिखेर कति चिसो है भन्दै अनाबस्यक ?पमा उनले आफ्नो सरिर को अगाडिका प्रत्यक भागले छुने गरि म संग टासिदै आए । हैट तिम्ले त कति डर लाग्दो गरि चलाउदो रहेछौ भन्दै उनको हातले मेरो अगाडि तिघ्रामा पटक पटक स्पर्स गरिरहे, निकै नराम्रो लाग्यो मन भारी भएर आयो लाग्यो मेरो पछाडि सिंह छ जसको म सिकार बन्दै छु, भयो दाइ अब हजुर नै चलाउनु भनेर बाइक नरोकेको पनि हैन मैले उ ती अगाडि सम्म चलाउनु भन्दै केहि बाटो देखाइ रहे दाई ले , अब त अति नै भयो भन्ने ठानि दाइ आखामा धुलो पर्यो म चलाउन सक्दिन भन्दै बाइक छाडिदिए । ढल्ल लागेको बाइक थेग्दै बल्ल भने ल बस म चलाउछु ।
छिनछिनमा मेरो घुडामा उनले हात ल्याइरहदा उनलाइ किन अलिकति पनि लागेन म ठिक गरिरहेको छैन । सायद ४५ मिनेटको बाटो थियो होला जुन मेरा लागी ४५ घण्टा भन्दा कम भएन । बाटो सकिने पर्खाइमा रहेकी म संग देखावटि चरित्र भएका दाईले अन्तिम संम्म भनिरहेका थिए एक दिन तिमि र म मुभि हेर्न जानु पर्छ ल नाइट सो ।
मडारिएको बादलबाट बेग बर्से सरि मैले सबैभन्दा पहिला मेरा आसु मेरा प्यारा भाईहरुको सामु पोखे ता कि यो तितो बास्तविकता र मेरो आसु बाट यनिहरुले धेरै ठुलो पाठ सिकुन् । अनि अझै पनि मनमा उब्जिरहेको प्रश्न कसरि सुरक्षित हुर्केलीन ति छोरि जसका बावुले अर्का छोरि माथि कुदृष्टि लगाउछन् ? यो प्रश्न संगै हामी विच छाएको मौनता र उनको आँखामा टिलपिलाएका आसुको जबाफ दिन सक्ने मानिस कोहि थिएन । उनको यो सबै कथा सुनिरहदा मेरा मन पनि सायदै उनको भन्दा कम डराएको थियो होला । मेरो सामु एउटा ठुलो प्रश्न खडा भयो कसरि चिन्ने मानिसको चरित्र ?कसरि बचाउने खराब मानिस बाट आफुलाई ? म पर्खाइमा थिए त्यो मानिस चै को रहेछ के हो त्यसको नाम ?
Comments
Post a Comment