Posts

Showing posts from June, 2021

डेरावालको दु:ख

धेरै झैं म पनि यतिबेला बेरोजगार भएको छु। अहिले मनमा अनेक थरिका कुरा खेलाएर बस्ने राम्रो फुर्सद छ मसँग। नचाहँदा नचाहँदै जति नै आफूलाई व्यस्त राख्छु भने पनि कुनै न कुनै बेलामा दिमाख खाली भैहाल्ने रैछ। खाली दिमाग सैतानका घर भने झैं दिमागमा केही न केही सैतान पसिसकेको हुन्छ। आफ्नो घर सम्झेर आजकाल मेरो दिमागमा कुदिरहने सैतानी कुरा मध्यको एक हो, घरभाडा अनि घरबेटी। अनि लकडाउनकै कारणले हुनु परेको बाध्यात्मक बेरोजगारी। भाडा तिर्ने दिन नजिकिँदै जाँदाको मेरो सोचाईको बेग यति बढी हुन्छ कि यो बेगलाई आफ्नो बसमा ल्याउन टाउको नदुख्ने औषधिको साहारा लिनुपर्ने हुन्छ। हिजो घरबेटीकोमा भाडा बुझाउन गएको, घरबेटी भाउजूले हातमा पैसा लिनु भएपछि निकैबेर उभिएरै अहिलेको परिस्थितिको बारेमा गन्थन गर्नु भयो। त्यस्तो घरबेटी भैकन पनि भाउजूबाट हामीले राम्रै व्यवहार पाईरहेका छौं। काठमाडौंमा घरबेटीसँग भाडावालाको राम्रो सम्बन्ध देख्न त विरलै पाइन्छ। यस अर्थमा त हामी भाग्यमानी नै छौँ। भाउजू भन्दै हुनुहुन्थ्यो, 'अहिले विभिन्न क्षेत्रका कर्मचारीहरू बेरोजगार हुनु परेको छ या त बेतलबी बिदामा घरमै बस्नु पर्ने बाध्यता छ। लकडाउनका...

आधुनिकतामा हराउँदै चाडपर्व

  आज जनै पूर्णिमा, क्वाटी खाने दिन, रक्षा बन्धन र संस्कृति दिवस पनि । श्रावण महिनालाई चाडवाडको महिना मान्न सकिन्छ ।  साउने सक्रान्तीबाट सुरु हुने महिना शिवको उपासनाको महिना पनि हो । पछिल्लो समय भने हामी आधुनिकताको बाहानामा चाडपर्वलाई उपेक्षा गर्न थालेका छौं । चाडपर्व मनाउनुलाई आडम्बर वा ढोंग भन्ने मानसिकता पनि व्यापक बन्दै गएको छ । तर, बेलामौकामा आउने चाडपर्वले हामीलाई बेग्लै खुसी, उर्जा र उमंग दिन्छ । अहिले हामी चाडपर्व त मनाएको जस्तो गर्छौं, केवल अरुलाई देखाउनका लागि । अर्थात चाडपर्व मनाए जस्तो गरेर फोटो खिच्ने, सामाजिक संजालमा पोस्ट गर्ने प्रवृत्ति मौलाएको छ । मानौं चाडपर्व भनेकै फोटो खिचेर अरुलाई देखाउनका लागि भनेजस्तै भएको छ । यसबाट एउटा कुरा भने फाइदा मिलेको देखिन्छ । देश–विदेशमा भएकाहरुलाई फलानो चाड कहिले भनेर चासो हुन थालेको छ र सामाजिक संजालमा फोटो देखेरै चाडपर्वबारे हेक्का राख्न थालिएको छ । यद्यपि चाडपर्वको आफ्नै विशिष्ष्ठ महत्व हुन्छ । हरेक चाडपर्वले कुनै न कुनै रुपमा मानव समाजलाई एकढिक्का बनाउने, आपसी सद्भाव र प्रेम जगाउने काम गर्छ । झट्ट हेर्दा चाडपर्व ढोंग वा आडम...

'यो त त्रासलाई जित्ने समय हो'

  सरला पोखरेल सामान्यत: मुल ढोकामा मात्र चाबी लगाउँछौं हामी। अनि हाम्रो यही बानी आमालाई फिटिक्कै मन नपर्ने। यस पटक पनि आउना साथै भन्नुभयो,'सबै कोठाको चाबी लगाउनु पर्छ। तिमीहरु मेरो कुरै सुन्दैनौ।' 'नसुनेको होइन के आमा सबैतिर चाबी लगाउँदा चोरलाई पनि भित्र केके न छ जस्तो लाग्छ। तोडफोड गर्छ। बरु ताला नदेख्दा केही छैन रैछ भन्ने सोच्छ नि', मैले बाठो बनेर जवाफ दिएँ।  'चोरलाई झुक्याउन सकौला तिमारुले ?', आमालाई खोइ हामीमा विश्वास भएन वा हाम्रो कुरामा। ओठ लेप्र्‍याउँदै बोल्नु भयो। आमा स्वास्थ्य परीक्षणको लागि काठमाणडौ आउनुभएको थियो। उपचार लगत्तै गाउँ फर्किनु भयो। उहाँ फर्किनु भएको केहि दिनमै सरकारले लकडाउनको घोषण गर्‍यो। फोन गरेर आमालाई जिस्क्याएँ, 'आमा हामीले रुम लक गर्नै परेन सरकारले नै लकडाउन गर्दियो।' 'खोही म केही बुझ्दिँन तिमीहरुको कुरा। बरु त्‍याँ घर बाहिर नहिँड्नु भन्या छ। घरमै बसे लाग्दैन रे त्यो रोग। खानाको जोहो गर्नु, घरमै बस्नु है', आमाले निर्देशन दिएको शैलीमा भन्नुभयो। केहि अगाडिसम्म लकडाउन भन्ने शब्द नै सुनेका थिएनौं हामीले। न त क्वारेनटाइन न...

'तपाईंको हातको काँचो माटोलाई कस्तो आकार दिने?'

Image
  सरला पोखरेल हरेक आमाबुवालाई लाग्छ - छोराछोरीलाई असल संस्कार दिउँ। अभिभावकले सन्तानले पाउने संस्कार बारे सोच्नु स्वभाविक पनि हो। तर, कतिपय अवस्थामा आमाबुवा यस मामलामा चुकिरहेका हुन्छन्, अन्जानमै। लकडाउनका कारण विद्यालयहरू बन्द रहे। आम बालबालिकाले सधैँको भन्दा धेरै समय पाए, आफ्नो अभिभावकसँग बिताउन। यो समय अभिभावक र बालबच्चा दुवैका लागि अवसर बन्यो, एकअर्कालाई बुझ्ने, दूरी घटाउने। तर, उनीहरूलाई सुनेर, उनीहरूसँग बोलेर समय बिताउनु। उनीहरूको नसुन्ने, नटेर्ने व्यवहारलाई सुधार्नुभन्दा उनीहरूको हातमा रिमोट वा मोबाइल थमाउनु सजिलो उपाय बन्यो धेरै अभिभावकका लागि। समग्रमा प्राविधिक वस्तुहरू छोराछोरीको जिज्ञासा र प्रश्नहरूबाट छुट्कारा पाउने माध्यम बन्यो। जसका कारण अभिभावक र सन्तानबीच फेरि अर्को खाडल बन्यो जसको प्रत्यक्ष असर पर्छ बालबालिकाको मनोविज्ञान र आमाबुवाले चाहेको 'संस्कार'मा पनि। सन्तान रुनु वा केही कुराको माग गर्नु वा प्रश्न गर्नुलाई 'दुःख'को संज्ञा दिएर पन्छ्याउन खोज्यौं। इन्टरनेटको संसारमा भुलाइदियौं। त्यही इन्दर्नेटको दूनियाँमा रमाउने बानी बसालिदियौं। पछि गएर उनीहरूको त्य...

मैले अनुभव गरेको समाज !

  कपनअनलाइन काठमाडौं, मंसिर ६।  सरला पोखरेल/ धेरै नेपाली महिला दिदी बहिनी र उनिहरुले भोगेका सामाजिक समस्याहरुका बारेमा देखेकी, सुनेकी र पढेकी छु। तर, आज मलाई आफैले महिला भएर भोगेको मेरो आफ्नो भोगाई लेख्न मन लागेको छ । यस्तो लेख्दै गर्दा जबसम्म आफुले भोगिन्न तबसम्म त्यो समस्याको वास्तविक अनुभूती नहुने रैछ भन्ने लागेको छ ।धेरै वर्ष पहिले मेरी गुरुआमाले समाजको परिभाषा सिकाउनु भएको थियो। तर, हुर्कदै जाँदा थाहा पाएँ, उहाँले मलाई चिनाउनु भएको समाज र मैले देखेको समाजबीच धेरै भिन्नता रहेछ । समाज पाठ्यक्रमको किताबमा अटाउने शब्द र चित्रमा जस्तो नहुने रहेछ। त्यहाँ त जातजाती, भाषा, धर्म, लिंग भेषभुषा आदिमा कहिले भेदभाव हुँदैन भन्ने थियो, यथार्थमा ठीक विपरित । गुरुआमाले पढाउँदै गर्दा मैले कल्पना गरेको समाज र मैले भोगेको वास्तविक समाजबीच कहिल्यै तालमेल मिलेको मैले अनुभव गरिन । समाज म तपाईँ अनि हामी मिलेर बनेको पक्कै हो ।हाम्रो समाजमा विद्यामान असमान सामाजिक संरचनाको कारण समाजमा विभेद कायम छ रसमाज आवरणमा रुमलिएको छ । समाजलाई देखाउन नै कतिले ईख लिएर प्रगतिको बाटो समाएका छन् त कति समाजकै ...