Posts

Showing posts from December, 2021

मृत्यु पनि मान्छे पिछे फरक हुदो रैछ

Image
  माया नै माया छ तिम्रो नाउँमा तिम्लाई भेट्न आउदैछु तिम्रो गाउँमा गित संगै प्रविण दादा बेहुला बनेर भाउजु लीन अन्मिएको भीडीयो सुरु हुन्छ । ओई हेरन ठ्यक्कै दादालेनै गाएको जस्तो कति मीलाको गीत पनि । दादाको विहेमा जान नपाएका मध्य हामी ३ , ४ जना बसेर दादा भाउजुको विहेको भिडियो हेर्दै रमाउदै थियौ । ठुला ठुला आखाँ हिस्सी परेको उज्यालो अनुहार राम्री बेहुली देख्ने वित्तिकै हामी मध्य कसैले फेरि भन्छौ ओ ई भाउजु कस्ति राम्री है । करिब १५ बर्ष अगाडी पहिलो पटक देखेका थियौ हामीले भाउजुलाई त्यो पनि भिडीयोमा । हामीले दादा र भाउजुको विहेको केहि वर्ष पछि मात्र भेट्न पायौ भिडियोमा देखीएकी हाम्री राम्री भाउजुलाई । भिडियोमा देखेको भन्दा झनै राम्री अनी प्यारि हुनुहुदो रहेछ । पहिलो भेटमानै धेरै पहिले चिनेको जसरि बोलीदिने भाउजुको बानीले हामीलाई साथि जस्तै नजिक बनाएको थियो । उहाको यहि मीठासले सबैको मन जितिसक्नु भएको थियो चाहे ति कीहलेकाहिँ भेट्दा का पाहुना हुन या त सँधै संगै हुने आफन्त । कसले खायो खाएन कसलाई के चाहिएको छ सबै बुज्छे । हजुरआमा हजुरको खुट्टा मालीस गर्दिन्छु दिस्यो भन्दै मेरो खुट्टा तान्छे । म ...