मृत्यु पनि मान्छे पिछे फरक हुदो रैछ
- Get link
- X
- Other Apps
माया नै माया छ तिम्रो नाउँमा
तिम्लाई भेट्न आउदैछु तिम्रो गाउँमा
गित संगै प्रविण दादा बेहुला बनेर भाउजु लीन अन्मिएको भीडीयो सुरु हुन्छ । ओई हेरन ठ्यक्कै दादालेनै गाएको जस्तो कति मीलाको गीत पनि । दादाको विहेमा जान नपाएका मध्य हामी ३,४ जना बसेर दादा भाउजुको विहेको भिडियो हेर्दै रमाउदै थियौ । ठुला ठुला आखाँ हिस्सी परेको उज्यालो अनुहार राम्री बेहुली देख्ने वित्तिकै हामी मध्य कसैले फेरि भन्छौ ओई भाउजु कस्ति राम्री है । करिब १५ बर्ष अगाडी पहिलो पटक देखेका थियौ हामीले भाउजुलाई त्यो पनि भिडीयोमा ।
हामीले दादा र भाउजुको विहेको केहि वर्ष पछि मात्र भेट्न पायौ भिडियोमा देखीएकी हाम्री राम्री भाउजुलाई । भिडियोमा देखेको भन्दा झनै राम्री अनी प्यारि हुनुहुदो रहेछ । पहिलो भेटमानै धेरै पहिले चिनेको जसरि बोलीदिने भाउजुको बानीले हामीलाई साथि जस्तै नजिक बनाएको थियो । उहाको यहि मीठासले सबैको मन जितिसक्नु भएको थियो चाहे ति कीहलेकाहिँ भेट्दा का पाहुना हुन या त सँधै संगै हुने आफन्त ।
कसले खायो खाएन कसलाई के चाहिएको छ सबै बुज्छे । हजुरआमा हजुरको खुट्टा मालीस गर्दिन्छु दिस्यो भन्दै मेरो खुट्टा तान्छे । म त तेस्की बुढीसासु हु नी तेहिपनि आमालाई जस्तै माया गर्छे । सारै माजाकी छे मेरी नातीनी बुहारि
८७ बर्षकी आमाले केहि महिना अगाडी मात्र यसरि खुलेर प्रशंसा गर्दै हुनुहुन्यो भाउजुको। आमाले गरिरहेको प्रसंसामा यति मिठास भेटिन्यो की नचिनेकाहरु पनि भन्दैथिए हजुरको कुरा सुनेसी बुहारिलाई भेट्न पो मन लाग्यो त ।
केहिबेरमा परिक्षा दिन जानको लागि तयारि गर्दै थिए म । भाई र बैनिले एकै स्वरमा हतासिदै भने दिदि सुनन सलीना भाउजु वित्नु भयो रे । हैन के भन्छन् यति वाक्य हो मुखबाट निस्किीएको । त्यसपछि मनमा अनेक तर्कना, प्रश्न को भेल बग्न थाल्छ । यही असान्त मनको विचबाट एउटा मन भन्छ कतै यो कसैले गरेको नराम्रो प्य्राङ्क त हैन ? यो समाचार झुटो त हैन ? अह यो सत्यनै हो एकाविहानै कसैले यस्तो प्य्राङ्क गर्ने आट गर्दैन । एकाएक धड्कनको चालले गति लिन थाल्छ उसको गति कतिको स्पिडमा थियो त थाहा छैन तर मुटु को चालले गर्दा सरिर नराम्रोसँग काँपीरहेको थियो, आँखाबाट भाउजु संगका विगतका यादहरु आँसुु बनि बग्न थालीसकेका थिए । अनि बारम्वार मनमा एउटै प्रश्न दोहोरिरहेको थियो के यो समाचार साचो नै हो त ? कसरि हुन सक्छ यस्तो ?
हुनत यो भन्दा पहिला हाम्रो परिवारमा यस्तो घटना नघटेको त कहा हो र । तर मृत्यु पनि मान्छे पिछे फरक हुदो रैछ भने झै कसैको मृत्यु जे हुनु थियो त्यो भयो भनेर मन बुजाउन बाध्य होईदो रहेछ सायद यस्तो मृत्युले अप्रत्यक्ष रुपमा पहिलेनै केहि संकेत दिसकेको हुदो हो । तर कसैको मृत्यु यो हुनै नसक्ने, हुनै नहुने भयो भनेर मन सम्हाल्न गारो पर्दो रहेछ , यस्तो मृत्यु अल्पायुमै त्यो पनि केहि घण्टाको अन्तरालमा हुन्छ । कल्पना वाहिरको अकल्पनिय मृत्यु लाई हामी अल्पायु पनि भन्दछौ ।
भाउजु एक दुई जनाको मात्र हैन उहालाई चिन्ने जो कसैको मनमा बस्नुभएको थियो । मिठो बोलीबचन, सरल ब्यवहार अनि अरुको लागि देखाउने सम्मान यीनै थियो उहाको ब्यक्तित्व । हुनलाईत सेनानीकी श्रीमती हो भाउजु । कुनै केटिमान्छेले कल्पना गर्ने शुन्दर जिवन भन्दा कम्तिको पक्कै थिएन उहाको जीवनसैली । यस्तो खुसी र सुखी जीवनको अलीकति पनि घमण्ड थिएन थियो त केवल निश्वार्थ मन सायद यो धर्तिले यो भन्दा धेरै निश्वर्थ पचाउन नसक्ने भएर नै होला वा भनौ उहाको निधारमा लेख्दिनेलनै लेखिदिएका थिए होलान त बाचुन्जेल हासी खुसी सबैकी पियारि भएर बाचेस अनि मैले तोकेकै मीतिमा त्यो संसार छोडेस जहा तेरा मुटुका दुई टुक्रा अनि तलाई माया गर्ने मानिस छन् । बाचुन्जेल अरुको कुरात टार्न नसक्ने भाउजुले भाविको लेखा कसरि पो टार्न सक्थीन र ? ऐया आथा पनि नभनी गईन यो धर्तिलाई चटक्कै छाडेर ।
सबैको मनमा प्रिय बनि रहेकाहरु अकालमै भगवानका प्यारा भएकाहरु
सायद मृत्यु बेहद मिठो हुने रैछ र त फर्किन्नन् मरेर गएकाहरु
सायद यसको भग्यमा यतिनै लेखेको थियो होला । मानिसको जिवनमा घट्ने हरेक घटनाको पछाडी जोडीदै आएको कुरा हो यो । भन्छन भाविले निधारमा लेखेको हुन्छ । तर कसैलाई थाहा छैन भाग्य लेख्छ कस्ले लेखेको कुरा देख्छ कसले अनि देखेको कुराकै आधारमा मानव जिवनको निर्देशन गर्छ चै कसले । यो निधारमा कति चै कुरा लेखिएको हुन्छ होला जसलाई हामीले भग्याको नाम दिएका छौ । मानव जिवनमा प्रत्यक दिन हुने की्रयाकलाप त्यो भाग्य भन्ने पानामा कसरि चै अटाउछ होला ? कुन फन्टमा हुन्छ होला अनि कति शब्दमा चै सिमीत होला । यस्ता कयौ प्रश्नको उतर हामीले कैले पाउन सक्दैनौ नै होला ।
भन्नेले त भनिदिन्छन् मरेपछि स्वर्ग पुगीन्छ श्रद्दान्जलि दिदै यो पनि लेखीदिन्छन् तिम्रो स्वर्गमा बास होस् । यदि मानिसलाई मरण पछिको चरण हामिले कल्पना गरेको परिहरु बस्ने स्वर्ग जस्तै हुन्छ भन्ने निश्चित हुन्थ्यो भने मृत्यु पनि त जन्म जस्तै उत्सव हुन्थ्यो होला नी ।
जन्मले उत्सब लिएर आउछ, मृत्युले डर छाडेर जान्छ । मानिसलाई मृत्यु संग यसकारण पनि डर लाग्छ कि मृत्यु पछि के छ कसैलाई थाहा छैन स्वर्ग छ कि नर्क त्यो पनि थाहा छैन । सबैलाई यति एउटा कुरा थाहा छ कि मृत्यु सत्य हो, जान सबैले पर्छ । जाने त गइदिन्छ छाडेर, अस्ताउछ सरिर, विलाउछ आत्मा अनि केहि थान यादहरुत बाकी रहनते रैछननी आफन्तहरुको साथमा ।
जन्म पछि मृत्यु निश्चित छ हामी सबैलाई थाहा छ । ब्रह्माण्डमा अनेकौ बैज्ञानीक चमत्कार भईरहेका छन् त्यो पनि अकल्पनिय रुपमा । बैज्ञानिकको आविष्कारमा केहि दिन बाच्न सक्ने यन्त्र त परेको होला तर अमर हुने यन्त्र बन्न असम्भव छ किनकी जन्म मृत्युनै प्रकृतिको नियम हो । नियम विपरित जान मानव बसको कुरा हैन । यहि हो सत्य । अनि आफ्नाहरु गुमाउदा यहि वास्तविकताले सम्हालीन सिकाउने रहेछ ।
आज तिम्रो दिन रहेछ गयौ, भोली मेरो पनि त बाटो तेहि हो नि आफुले आफैलाई सम्झाउन प्रयोग गरिने शब्दहरु हुन यी ।
अक्सर अल्पायुमा मृत्यु हुने मानिस सबैका प्रियनै हुन्छन् । हुनत भूकम्प र कोरोना खेपेर आएका हामी मध्य धेरैले मृत्युलाई नजिकै बाट देखेका छौ फरक यति हो हामीले मृत्युलाई नजिकैबाट देख्यौ तर मृत्युको आखाँमा भने हामी परेनौ र त पायौ नया जीवन । तर हामी ढुक्क हुनुपर्ने कुरा केहि छैन त्यो आखाँले हीजो मात्र नदेखेको हो भोली निश्चित छ ।
- Get link
- X
- Other Apps
भाउजू सधैं हाम्रो यादमा जीवित हुनुहुन्छ
ReplyDelete